काठमाडौँ। आज पनि
सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका
अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३ हजार रूपैयाँले बढेर १ लाख ५६ हजार
३०० रूपैयाँ कायम भएको छ।
यसअघि भदौ २६ गते
सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि छापावाल सुन प्रतितोला १ लाख
५३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५३
हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला ६५ रूपैयाँले बढेर १८ सय ६० रूपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
28 Bhadra 2081, Shukrabar 02:35 मा प्रकाशित
184
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar