नबिल बैंकको नयाँ नेतृत्व: मनोज ज्ञवाली कामु सीईओ नियुक्त, ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

काठमाडौं |  नबिल बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) मनोज ज्ञवालीलाई कामु प्रमुख कार्यकारी अधिकृत (CEO) को जिम्मेवारी दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई यो जिम्मेवारी सुम्पिएको हो।

यसअघि नबिल बैंकका सीईओ रहेका ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएका थिए। चैत १० गतेदेखि लागू हुने गरी उनले पदबाट अलग हुने घोषणा गरेपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई नेतृत्व सुम्पिएको हो।

ज्ञवालीले नबिल बैंकमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले यसअघि बैंकमा जनरल म्यानेजर, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। नबिल बैंकमा प्रवेश गर्नुअघि उनी ज्योति विकास बैंकका सीईओको रूपमा कार्यरत थिए।

ज्ञवालीलाई बैंकिङ क्षेत्रमा एक अनुभवी तथा कुशल नेतृत्वकर्ताका रूपमा हेरिन्छ। नबिल बैंकको नेतृत्व सम्हाल्दै उनले संस्थालाई अझै मजबुत बनाउन रणनीतिक सुधारका योजनाहरू अघि बढाउने अनुमान गरिएको छ।

प्रतिक्रिया