रोपनी, धुर, आना र कट्ठामा झुक्किनु हुन्छ? नेपालमा प्रचलित जग्गा मापन सम्बन्धी जान्नैपर्ने कुराहरू यस्ता छन्

काठमाडौँ।  हामी सबैले सामान्यतया जमिनका विभिन्न एकाइहरूको बारेमा सुन्दै आएका छौं। 

तपाईलाई कतिको थाहा छ वा दोधारमा हुनुहुन्छ? जमिनलाई आना, बिगा, रोपनी र पैसा लगायतका आधारमा एकाइ वर्गीकरण गरिएको हुन्छ। बोलिचालीको भाषामा भन्नुपर्दा यी एकाइहरूको प्रयोग त हुन्छ तर कतिपयलाई यस्ता एकाइहरूको बारेमा के कति जमिन हुन्छ भन्ने नभएको हुन सक्छ। यदि तपाईं पनि जग्गाको मापनमा प्रयोग हुने गरेका विभिन्न एकाइलाई लिएर अल्मलिनु भएको छ भने हामी आज यसैबारेमा छलफल गर्दैछौँ।  

जग्गाको मापन पहिले र अहिले 

जग्गा मापनको परम्परागत तरिका हेर्ने हो भने कनुवा, अंगुली, बित्ता, कोस जस्ता एकाईको प्रयोग हुने गर्दथ्यो। हाल नेपालमा जग्गाको मापनका लागि धुर, पैसा, आना, रोपनी, कठ्ठा, बिगारबिगाहा, हेक्टर जस्ता एकाइहरू प्रचलनमा रहेका छन्।  

यसमा पनि भूगोलका आधारमा फरक फरक एकाइले जग्गाको मापन गर्ने गरिन्छ।  तराई भेगमा बिगाहा, कठ्ठा र धुरमा जग्गा नाप्ने प्रचलन छ, भने पहाडी भेगमा रोपनी, आना, पैसा आदि एकाइको प्रयोग गरिन्छ।  काठमाडौँ उपत्यकाका तीनै जिल्लामा भने आना, रोपनी र पैसालाई नै प्रमुख एकाइको रूपमा लिने गरिएको छ। 

काठमाडौँ उपत्यकामा प्रयोग गरी जग्गा मापनको तरिका तराईका लागि भने बिल्कुलै अनुकूल हुँदैन र तराईको मापनको तरिका पनि काठमाडौँ उपत्यकालाई अनुकुल हुँदैन किनभने यहाँ भौगोलीक रूपले फरक छ।  खासगरी घर जग्गा खरिद बिक्री गर्दा यी एकाइहरूको बारेमा जानकारी नहुँदा दीर्घकालीन नोक्सानको भागीदार बन्नु पर्ने हुन् सक्छ। तसर्थ कहाँको जग्गलाई कुन मापनमा किनबेच हुन्छ भन्ने जानकारी आफुले लिनु आवश्यक छ। 

क्षेत्रफलका आधारमा जग्गाको एकाइ कति हुन्छ त?

१ बिगाहामा १३ रोपनी जग्गा हुन्छ, जसको क्षेत्रफल ७२९०० वर्गफिट हुन्छ। त्यस्तै १ रोपनीमा १६ आना जग्गा हुन्छ, जसको क्षेत्रफल ५४७६ वर्गफिट हुन्छ। त्यसैगरी १ आनामा जग्गा बराबर ४ पैसा हुन्छ, जसको  क्षेत्रफल ३४२ वर्गफिट हुन्छ र १ पैसामा ४ दाम जमिन हुन्छ जसको क्षेत्रफल ८५१/२ वर्गफिट हुन्छ।  

तराईमा जग्गा मापनको तरिका कस्तो छ त? 

१ बिगाहा जग्गा बराबर २० कठ्ठा हुन्छ, जसको क्षेत्रफल ७२,९०० वर्गफिट हुन्छ। पहाडी भेगमा १३ रोपनी भन्नु र तराईमा २० कठ्ठा भन्नु बराबर हो। त्यस्तै १ कठ्ठा बराबर २० धुर हुन आउँछ र क्षेत्रफल ३,६४५ वर्गफिट हुन्छ। धेरैको मनमा द्धिविधा हुनसक्छ धुर भनेको आना भन्दा सानो एकाइ हो वा ठुलो भनेर।  धुर आना भन्दा सानो एकाइ हो। १ धुरमा १६‍.९३ मिटर स्क्वाएर ९१८२.२५ वर्गफिट हुन्छ। यता १ आनामा भने ३४२ वर्गफिट हुन्छ।  

विस्तृत तालिकामा हेर्नुहोस्

एकाइएकाइ क्षेत्रफल 
१ विगाहा १३ राेपनीकाे = ७२९०० वर्गफिट
१ राेपनी१६ आनाकाे  = ५४७६ वर्गफिट
१ आना  ४ पैसाकाे  = ३४२  वर्गफिट
१ पैसा४ दाम= ८५ १ /२ वर्गफिट
१ विगाहा२० कठ्ठा= ७२९०० वर्गफिट
१ कठ्ठा२० धुर= ३६४५ वर्गफिट
  १ धुर१६ दशमलव ९३ मिटर स्क्वाएर= १८२.२५ वर्गफिट



प्रतिक्रिया