एरोलाइट ब्लकको प्रयोग गरी घर बनाउँदै हुनुहुन्छ? यस्ता छन १० विशेषताहरू

काठमाडौँ। के तपाईं एरोलाइट एएसी ब्लकको प्रयोग गरी घर बनाउँदै हुनुहुन्छ? यदि त्यसो हो भने जान्नुहोस यसका १० विशेषताहरू।

१. हलुका वजन: एरोलाइट एएसी ब्लकहरू चलन चल्तीका माटोको इट्टा वा सिमेन्ट ब्लक भन्दा झन्टै ३ गुणा हलुका हुने हुँदा ढुवानीमा खर्च कम हुनुका साथै निर्माण पश्चातको जोखिमलाई न्यूनीकरण गर्दछ। 

२. भूकम्प प्रतिरोधक: एरोलाइट एएसी ब्लकहरू वजन हलुका हुनका साथै निर्माण गरिने भवन तथा पर्खालहरू मजबुत रहन्छन्। एरोलाइट एएसी ब्लकबाट बनेका संरचनाहरूको भार जमिनको सतहमा सामानुपातिक रूपमा पर्नेहुँदा भूकम्पिय क्षति कम हुन्छ।

३. थर्मल इन्सुलेसन: एरोलाइट एएसी ब्लक उच्च सेलुलर हुनेहुँदा विशिष्ट ताप इन्सुलेसन कायम गर्दछ। त्यसैले एरोलाइट एएसी ब्लकले बनेको आवासहरूमा स्तरीय कम्फरट हुनुको साथै हिटिङ्ग र कुलिङ्ग खर्च समेत बचत गराउँछ। 

४. ध्वनी प्रतिरोधक: अन्य ठोस भवन निर्माण  सामग्रीको तुलनामा बैज्ञानीक रूपमा एरोलाइट एएसी ब्लकले बनेका संरचनाहूले ध्वनी प्रतिरोधक गर्ने क्षमता अधिक हुन्छ।

५. छिटो छरितो: एरोलाइट एएसी ब्लकलाई सजिलै काट्न, ड्रिल गर्न सकिने भएकोले यसको प्रयोगले निर्माण कार्य छिटो सम्पन्न गर्न सकिन्छ।

६. अग्नी प्रतिरोधक: उच्च सेलुलर निर्माण सामग्री भएको हुँदा एरोलाइट एएसी ब्लक अन्य चलन चल्तीका इट्टा र ब्लक भन्दा उच्च अग्नी प्रतिरोधक क्षमता हुन्छ भने १५० मि. मि. एरोलाइट एएसी ब्लकले सांढे ४ घण्टासम्म अग्नी वहन गर्न सक्दछ। 

७. वातावरण मैत्री: एरोब्रिक्स कम्पनीले ब्लकहरू उत्पादन गर्ने क्रममा ३०% वातावरणीय waste, ५०% हरितगृह विकिरणमा कमी र ६०% भन्दा माथि एकीकृत उर्जाको बचत गर्दछ। 

८. ओस प्रतिरोधक: एरोलाइट एएसी ब्लकमा हुने अनगिन्ति बन्द, सुक्ष्म कोषिकाहरूले ओसलाई पार हुनबाट रोक्दछ। जसकारण एरोलाइट एएसी ब्लकले निर्माण गरेको संरचना ओस प्रतिरोधि हुन्छ। 

९. निर्माण सामग्री र समयको बचत: एरोलाइट एएसी ब्लक चलनचल्तीको इट्टा र ब्लक भन्दा ठूलो तथा एकै आकारको हुने भएकाले यसको जोडाइ गर्ने कामको गति परम्परागत निर्माण भन्दा छिटो र सस्तो हुन्छ। एरोलाइट एएसी ब्लकहरू एकै प्रकारको हुनेहुँदा जोडाइमा प्रयोग हुने मसला (Pre-mix Mortar वा सिमेन्ट र बालुवा) को खपत ४०% सम्म कम हुने गर्दछ। 

१०. दिगो निर्माण र पुन:प्रयोग: एरोलाइट एएसी ब्लकमा कुनैपनि जैविक सामग्री प्रयोग नभएको हुनाले यसमा किरा तथा किटाणुले असर गर्दैन साथै यो लामो समयसम्म टिकाउ हुने गर्दछ। एरोलाइट एएसी ब्लकहरू पुन:निर्माणमा पनि प्रयोग गर्न सकिन्छ।                   

प्रतिक्रिया