रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट

काठमाडौँ । सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ। केही दिनअघि रेकर्ड उच्च मूल्यमा पुगेको सुन आज घटेर एक तोला १,७४,१०० रुपैयाँ मा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा सुन स्थिर रहेको छ।

सुन स्थिर रहे पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार चाँदीको मूल्य ५ रुपैयाँ घटेर २,०४० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला २,०४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया