काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको वताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गर्नुभयो ।
नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उहाँले भन्नुभयो, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताउनुभयो। उहाँले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्नेवताउनुभयो ।
ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराउनुभयो । यसैगरि उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।
भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको वताउनुभयो । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उहाँले वताउनुभयो ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar