अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का विदेशी मुद्राको विनिमय दर तोकेको छ।  जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

आज अमरेकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा रहेको छ। 

त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा, अष्ट्रेलिएन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानडिएन डलर एकको खरिददर ९९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९३ पैसा रहेको छ। 

सिङ्गपुर डलर एकको खरिददर १०५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, जापानिज येन १० खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।       


प्रतिक्रिया