ठूलो रकमको चिठ्ठा परेको प्रलोभन दिएर ठगी: काठमाडौँकी किशोरी ले गुमाईन ४१,५००

काठमाडौँ  – ठूलो रकमको चिठ्ठा परेको प्रलोभनमा परेर काठमाडौँकी सुनिता (नाम परिवर्तित) ले ४१,५०० रुपैयाँ गुमाएकी छन्। सुनिताले ९-१० छुट्टाछुट्टै कारोबारमार्फत ठगको जालमा परी सो रकम गुमाएको बताएकी छिन्। ठगले सानो कमिसनको नाममा रकम जम्मा गर्न आग्रह गर्दै ठूलो रकम दिने आश्वासन दिएका थिए।

पीडित सुनिताका अनुसार, ठगले लगातार फरक-फरक व्यक्तिको बैंक खातामा साना साना रकम जम्मा गर्न लगाउँदै, चिठ्ठाबाट ठूलो रकम प्राप्त हुने भन्दै ठगेका थिए। पटकपटक पैसा पठाएपछि ठगले अझै थप पैसा मागेको हुँदा दिन नसके पछि, ठगले सम्पर्क टुटाएका थिए, जसले गर्दा उनलाई आफूमाथि ठगी भएको महसुस भयो।

सुनिताले आफ्नो अनुभव अरूलाई जानकारी गराउँदै यस्ता ठगीको सिकारबाट बच्न सबैलाई सतर्क रहन आग्रह गरेकी छिन्।

सावधानी अपनाउनुहोस्: यस्ता ठगीका प्रलोभनमा नपरीकन कुनै पनि रकमको कारोबार गर्दा विशेष ध्यान दिनुहोला।

प्रतिक्रिया