काठमाडौँ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको भाउ प्रतितोला ६०० रूपैयाँले घटेर १ लाख ५६ हजार ७०० रूपैयाँ कायम भएको छ।
यसअघि सोमबार (भदौ ३१ गते) छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १९ सय ५ रूपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको भाउ प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
2 Ashwin 2081, Mangalbar 12:44 मा प्रकाशित
207
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar