काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण खुम्बु बिजुली कम्पनीमा समस्या उत्पन्न हुँदा विद्युत सेवा अवरुद्ध भएको थियो। यसका कारण थामे लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकी लगायत क्षेत्रका BTS टावरहरु बन्द भएका थिए, जसले गर्दा मोबाइल सेवा समेत अवरुद्ध भएको थियो।
बाढीले उत्पन्न गरेको यस चुनौतीलाई समाधान गर्न नेपाल टेलिकमले तात्कालिक कदम चालेको छ। टेलिकमले ती बन्द भएको BTS टावरहरुलाई पुन: सञ्चालनमा ल्याई हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ। यस पुन: स्थापनासँगै थामे, नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायतका क्षेत्रहरुमा अब मोबाइल सेवा पुन: सुरु भएको छ।
नेपाल टेलिकमले तीव्र रूपमा आवश्यक मर्मत कार्य गरि सेवा पुन: सुचारु गरेसँगै, स्थानिय बासिन्दाहरूले पुन: संचार सेवा पाउन थालेका छन्। यसले गर्दा दुर्गम क्षेत्रका मानिसहरूलाई संचार सुविधामा सहज पहुँच भएको छ। यस कदमले टेलिकमको सेवा निरन्तरता र विपद् व्यवस्थापनमा सक्रियता देखाएको छ, जसले गर्दा स्थानियबासीले राहतको अनुभव गरेका छन्।
#ntc
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar