कति छ आज विदेशी मद्राको विनिम दर?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (विहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९८ पैसा र बिक्री दर १३४ रूपैयाँ ५८ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ९१ पैसा र बिक्री दर १४९ रूपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रूपैयाँ ६० पैसा र बिक्री दर १७५ रूपैयाँ ३८ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ २९ पैसा र बिक्री दर ९० रूपैयाँ ६९ पैसा रहेको छ। 

क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ५० पैसा र बिक्री दर ९८ रूपैयाँ ९४ पैसा रहेको छ।  कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७४ पैसा र बिक्री दर ३६ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया