काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
निगमको आज बसेको सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो।
मूल्य समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५२ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रूपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रू ०.३२ र डिजेलमा रू २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
1 Mangsir 2081, Shukrabar 09:42 मा प्रकाशित
196
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar