काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ।
अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ८८ पैसा र बिक्री दर १३५ रूपैयाँ ४८ पैसा कायम रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ३७ पैसा र बिक्री दर १४३ रूपैयाँ १ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७० रूपैयाँ ९० पैसा र बिक्री दर १७१ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५२ रूपैयाँ ६१ पैसा र बिक्री दर १५३ रूपैयाँ २९ पैसा रहेको छ।
त्यैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६८ पैसा र बिक्री दर ८८ रूपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३१ पैसा र बिक्री दर ९६ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३९ पैसा र बिक्री दर १०० रूपैयाँ ८३ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर आठ रूपैयाँ ८८ पैसा र बिक्री दर ८ रूपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६१ पैसा र बिक्री दर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ र बिक्रीदर ३७ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar