काठमाडौँ। गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ।
सोह्रौ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो। प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बेलौरी नगरपालिकाले जनाएको छ।
गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको छ भने दशकअघि गिद्ध सहजै देखिने गरेका थिए र “हाल गिद्ध देख्नै दुलर्भ भैसकेको बेलौरी नगरपालिकाले जनाएको छ।
नगापालिकाका अनुसार गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको संक्रमण झन बढेको छ भने पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको छ।
अव्यवस्थित विधुतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विधुतका तारलाई व्यवस्थित गर्न अग्रसर हुनुपर्ने चराविज्ञ हिरुलाल डगौराले बताए। अन्तरदेशीय कानूनी बाधाका कारण समयमै घाइते गिद्धको उद्धार गर्न नसक्दा मृत्यु हुने गरेको उनले बताए।
साथै आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उनको भनाइ छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar