डलरको भाउ महँगिदै, आज कुन देशको मुद्राको मूल्य कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ३१ पैसा र बिक्री दर १५३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ३५ पैसा र बिक्री दर १८२ रुपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र बिक्री दर ९८ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ  र बिक्री दर १०५ रुपैयाँ ४६ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ १३ पैसा र बिक्री दर ४ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रपैयाँ ४ पैसा र बिक्री दर १४ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५५ पैसा र बिक्री दर २० रुपैयाँ ६४ पैसा रहेको छ।

 हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५२ पैसा र बिक्री दर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ३० पैसा र बिक्री दर ४४६ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया