काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९५ पैसा र बिक्री दर १३४ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४९ रूपैयाँ ५६ पैसा र बिक्री दर १५० रूपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७६ रूपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ६८ पैसा र बिक्री दर ९१ रूपैयाँ ०८ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९९ रूपैयाँ १६ पैसा र बिक्री दर ९९ रूपैयाँ ६० पैसा रहेको छ।
त्यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।