काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ।
कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आ.व. २०८०–८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीय विवरणहरु लगायतका संलग्न अनुसूचीहरू समेत पारित गर्ने प्रस्ताव छ।
यसैगरी, कम्पनीले आव २०८१–२०८२ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत पारित गर्ने तयारी गरेको छ।
सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ। वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar