काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड जेठ २ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको २१९ औँ बैठकले आगामी जेठ २५ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा ट्रिपल क्राउन रिसोर्ट, गल्छी-४, धादिङमा बिहान १०ः३० बजे सुरू हुने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, तथा नगद प्रवाह, लेखा परिक्षकको नियुक्ति गर्ने निजको पारिश्रमिक तोक्ने र विवरणहरूमा छलफल गरी पारित गरिनेछ। साथै, सेयर संरचना परिवर्तन सम्बन्धमा समेत प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण निर्णयको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
तसर्थ, यसपटक कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाएको छ, जसका कारण सेयरधनीहरू लाभांशबाट वञ्चित हुनेछन्।
कम्पनीले सभा प्रयोजनका लागि जेठ १२ गते नै बुक क्लोज गरीसको छ। तसर्थ, जेठ ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar