काठमाडौँ। एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज भट्टको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरूको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरूको सहभागीता रहेको थियो।
यसैगरी लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारीसहित ५५ जना सदस्यको सहभागिता रहेको थियो।
लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ।
वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियारलगायतको उपस्थिति थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar