फागुन १८ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए । नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ । संसद् बैठक आज ११ बजे बस्दैछ ।
18 Falgun 2080, Shukrabar 10:13 मा प्रकाशित
194