लिङ्गो ठड्याएर सुरू भयो इन्द्रजात्रा

काठमाडौँ। आजदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा  शुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।

हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ८ बजेर २६ मिनेटमा ठड्याएपछि शुरू यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया