काठमाडौँ। बुधबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार पुगेको हो।
मङ्गलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि गत आइतबार प्रतितोला १ लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यता, चाँदी प्रतितोला १५ रूपैयाँले बढेको छ। मङ्गलबार प्रतितोला १ हजार ८ सय २० रूपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ८ सय ३५ रूपैयाँ कायम भएको छ।
5 Bhadra 2081, Budhbar 01:09 मा प्रकाशित
146