काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको भाउ बढेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७७ पैसा र बिक्री दर १३५ रूपैयाँ ३७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्री दर १४२ रूपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ५४ पैसा र बिक्री दर १७१ रूपैयाँ ३० पैसा रहेको छ।
त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ १८ पैसा तथा बिक्री दर १५२ रूपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६३ पैसा, बिक्री दर ८८ रूपैयाँ २ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३० पैसा र बिक्री दर ९६ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३४ पैसा र बिक्री दर १०० रूपैयाँ ७९ पैसा रहेको छ।
यस्तै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८ रूपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६० पैसा र बिक्री दर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९६ पैसा तथा बिक्री दर ३७ रूपैयाँ १३ पैसा रहेको छ।
थाईभाट एकको खरिद दर ३ रूपैयाँ ८८ पैसा र बिक्री दर ३ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ६९ पैसा र बिक्री दर ३६ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar