काठमाडौँ। एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौँबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ।
उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरूले हिल्टन काठमाडौँमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्।
यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइट https://www.nmb.com.np/nmb-visa-card-discount बाट प्राप्त गर्न सकिनेछ।
एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ।