गोरखाका नबिनलाई उमेरले छेकेन पढ्ने रहर

गोरखा, ३१ जेठ । सानै उमेरमा घरायसी कारणले उहाँको पढ्ने रहर अधुरो रहयो । सामाजिक सन्जालमा पनि सक्रिय रहेका र यहि अधुरो रहर पुरा गर्न गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२, का नबिन भट्ट अहिले उमेरले ५१ बर्षको हुनुभयो । नबिन अहिले गोरखा नगरपालिका वडा नम्बर – २ मा रहेको श्री शक्ति मा.बि मा कक्षा ९ मा भर्ना भएर अध्ययन गर्न थाल्नु भएको छ। पहिलेदेखि नै पढ्नमा लगनशिल नवीन लाई कलिलो उमेरमा आफुले पढ्न र लेख्न नपाएकामा अहिले पनि बेला–बेलामा दुःख लाग्ने गरेको भएको बताउनुहुन्छ ।

अहिले मेरा छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”,उहाँले भन्नुभयो, “शिक्षक, साथी भाईहरुको सहयोगले पढ्नको लागी सहज भएको छ । पहिलो दिन आफ्ना छोरा छोरीको उमेरका नानी बाबुसंग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै सगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उहाँ सुनाउनु हुन्छ । भट्टको २ छोरा र १ छोरी पनि छन् । कान्छो छोराले आफुले नपढेकाले अपहेलित गरेकाले पनि इखले उमेर ढल्कदै जादा पनि देखाउन पढ्न मन लागेको दुखेको सुनाउनुभयो ।

जेठो छोराले  एमबिबिएस पढ्दै गरेको  प्रगतिसँगै आफुले पनि पढेर  एमबिएस गर्ने लक्ष्य रहेको नबिनको इच्छा छ । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । तर उनिहरुको कुराहरुको कुनै प्रबाह नगरीे आफ्नो लक्ष्यलाई फोकस गरेर अघि बढेको उहाँ बताउनुहुन्छ । आफुसँगै पढ्ने सहपाठीले अङ्कल दाई, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नबिनको भनाइ छ ।

सानो उमेर छँदा आफुसँग पढ्ने साथीहरुले ठुलो पोस्टमा जागीर खाँदा पारिवारीक अबस्थाका कारण आफुले पनि पढाई नछोडेको भए राम्रो पोस्टमा जागीर खान सकिन्थ्यो की झौ आज लागेको नबिनले सुनाउनुहुन्छ ।

आफु पढ्नका लागि गोरखा बजार आएपछि श्रीमती र छोरीले पनि आफुलाई छोडेको हुनाले जागीर खाएर छोरीलाई राम्रो बिषय पढाउने लक्ष्य नबिनको छ ।अरु बिधार्थीको जस्तो तृष्ण दिमाग नभएको भएपनी नबिन आफुले नजोको कुराहरु साथीभाई वा शिक्षकहरुसँग नै सोधेर सिक्ने गरेको बिद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताउनुभयो ।

बास बस्नको लागी नबिनलाई बिद्यालयले एउटा कोठा दिएको छ । बिद्यालयको प्राङ्गण भित्र नै बसेर पठन पाठन गर्दा १०–४ बजेको समयभन्दा अरु समयमा पनि पढ्ने गरेको शिक्षक अर्यालको भनाई छ । नबिनले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको शिक्षक अच्युत खत्री बताउनुहुन्छ ।

प्रतिक्रिया