काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले आगामी असोज २३ गते वार्षिक साधारण सभा डाकेको छ।
सभा काठमाडौँको अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजेबाट सुरू हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
यसका साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते नै बुक क्लोज गर्ने जनाएको छ। तसर्थ, असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar