काठमाडौँ। सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन्।
यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबधि कायम गरेको हो।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो।
जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुनआउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar