काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद १४८ रूपैयाँ ४९ पैसा र बिक्री दर १४९ रूपैयाँ १६ पैसा रहेको छ।
त्सैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ७० पैसा र बिक्री दर १७६ रूपैयाँ ४८ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ६५ पैसा र बिक्री दर ९० रूपैयाँ ५ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ५५ पैसा र बिक्री दर ९८ रूपैयाँ ९९ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ७ पैसा र बिक्री दर १०३ रूपैयाँ ५४ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।