आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ १ पैसा र बिक्री दर १३४ रूपैयाँ ६१ पैसा रहेको छ। युरीपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ७९ पैसा र बिक्री दर १४८ रूपैयाँ ४५ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७३ रूपैयाँ ४८ पैसा र बिक्री दर १७४ रूपैयाँ २५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ३७ पैसा र बिक्री दर ८९ रूपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया