कुन देशको मुद्राको भाउ कति छ आज? हेर्नुहोस् यस्तो छ विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ३ पैसा रहेको छ। 

युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८० रुपैयाँ ८० पैसा र बिक्री दर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ३७ पैसा र बिक्री दर १६५ रुपैयाँ ९ पैसा रहेको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ ९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १९ पैसा र बिक्री दर ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा रहेको छ। 

थाई भाट एकको खरिद दर ४ रुपैयाँ १५ पैसा र बिक्री दर ४ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ८७ पैसा र बिक्री दर ३७ रुपैयाँ ४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ११ पैसा र बिक्री दर १४ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ  ६३ पैसा र बिक्री दर २० रुपैयाँ ७२ पैसा रहेको छ। 

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा र बिक्री दर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४१ रुपैयाँ ७४ पैसा र बिक्री दर ४४३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिद दर ३५९ रुपैयाँ २० पैसा र बिक्री दर ३६० रुपैयाँ ७९ पैसा, ओमनी रियाल एकको खरिद दर ३५१ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५३ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया