अमेरिकी डलरदेखी युरो सम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति रूपैयाँ पर्ला?

काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९९ पैसा र बिक्री दर १३४ रूपैयाँ ५९ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४९ रूपैयाँ ६६ पैसा र बिक्री दर १३३ रूपैयाँ ५० रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ १७ पैसा र बिक्रि दर १७७ रूपैयाँ ९६ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ९२ पैसा र बिक्री दर ९१ रूपैयाँ ३३ पैसा रहेको छ। 

त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९९ रूपैयाँ ५१ पैसा र बिक्री दर ९९ रूपैयाँ ९६ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ८० पैसा र बिक्री दर १०३ रूपैयाँ २६ पैसा रहेको छ। 

युइई दिराम एकको खरिद दर ३६ रूपैयाँ ४८ पैसा र बिक्री दर ३६ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया