यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज वैशाख २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ ११ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ६६ पैसा र बिक्री दर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७९ रुपैयाँ १५ पैसा र बिक्री दर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ४७ पैसा र बिक्री दर १६४ रुपैयाँ २० पैसा रहेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २८ पैसा र बिक्री दर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४५ पैसा र बिक्री दर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ३७ पैसा र बिक्री दर १०४ रुपैयाँ ८४ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९० पैसा र बिक्री दर ३७ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया