काठमाडौँ। आज (बुधबार) उपत्यकासहित नेवार समुदायको बाहुल्यता भएको देशका विभिन्न भागमा रोपाइँ जात्रा मनाइँदै छ।
गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमा धान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ पनि भनिन्छ।
देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक-फरक ठाउँमा भिन्न तरिकाले मनाइन्छ। विशेषगरी नेवार समुदायका मानिस आज चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर यो जात्रा मनाउँछन्।
काठमाडौँको बौद्धमा तामाङ समुदायले पनि यो जात्रा मनाउँदै आएका छन्। गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले आज गाईजात्रा तथा रोपाइँजात्रा घोनाइको आयोजना गर्ने जनाएको छ।
विगतका वर्षमा जस्तै बौद्धस्तुपा परिसरका साथै बौद्धका विभिन्न स्थानमा घिनतिङ नाका, घोनाई, हास्यव्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रम हुने समितिले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar