कतार एयरवेजले रोक्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान

काठमाडौँ।  कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ। कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलले जनाएको छ।

कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो। १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो।

सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको विमानस्थलले जनाएको छ। एयरवेजले थप उडान अनुमति नलिएको जनाइएको छ।

उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन्।

प्रतिक्रिया