आज कुन देशको मुद्राको सटही दर कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १४९ रूपैयाँ ८९ पैसा र बिक्री दर १५० रूपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७६ रूपैयाँ ९६ पैसा र बिक्री दर १७७ रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७३ पैसा र बिक्री दर ३६ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया