काठमाडौँ। सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ।
कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ। केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण त्यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो। गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने उक्त स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताए।
कोशी पुलमा दसैँ सुरू भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उनको भनाइ छ। “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उनले भने, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछन्।”
केही दिनअघि कोशी ब्यारेजमा भेटिनुएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाए। “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ। यहाँको हावापानी पनि निकै राम्रो छ। यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे। यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उनले भने।
सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताए। नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उनको भनाइ छ। “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो। हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन। फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उनको भनाइ थियो।
रासस
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar