आगलागीबारे सीसी क्यामेराबाट जाँच गर्न गृहमन्त्रीको निर्देशन

चैत २६,काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । 

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् । आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न पनि निर्देशन दिएका छन् । एपीएफको स्टोर बस्तीको बीचमा रहे पनि आसपासका घर सुरक्षित रहेकाे गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया