सांसद बजगाईको पहलमा सेनाको हेलिकप्टर मार्फत ट्रिपर दुर्घटनाको गम्भीर घाइतेको उद्धार

बैशाख १३,गोरखा-  मध्य पहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल आरुघाट सडक खण्ड डाडाबेसीमा आज बिहान करिब ११ बजेको समयमा गोरखा बाट आरुघाट इट्टा बोकेर आउदै गरेको ट्रिपर भिमसेनथापा गापा ३ डाडाबेसी भन्ने ठाउँमा दुर्घटना हुँदा गम्भीर घाईते यदु भट्टराई (महेन्द्र ) लाई थप उपचारको लागि गोरखा क्षेत्र न १ प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईको बिशेश पहलमा सेनाको हेलिकप्टर बाट काठमाडौ ल्याइएको छ ।

गम्भीर घाइतेको अन्नपूर्ण न्युरो काठमाडौंमा उपचार भइरहेको छ । सामान्य घाइतेको आरुघाटमा उपचार भएको छ । 

भिडियो : https://www.youtube.com/shorts/ftp9q6HedGM?feature=share


प्रतिक्रिया