यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाा ५३ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ८३ पैसा र बिक्री दर १४९ रूपैयाँ ५० पैसा रहेको छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ७६ पैसा र बिक्री दर १७६ रूपैयाँ ५५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ १४ पैसा र बिक्री दर ९० रूपैयाँ ५५ पैसा रहेको छ। 

क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ५७ पैसा र बिक्री दर ९९ रूपैयाँ ०१ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ३४ पैसा र बिक्री दर १०२ रूपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया