माई खोला हाइड्रोपावरले बोलायो साधारण सभा, के के छन् एजेण्डा?

काठमाडौँ।  माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। 

सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौँमा बिहान ११ बजे सुरू हुनेछ। कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ। 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको जनाएको छ। कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया