आज कुन देशको मुद्राको कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०१ पैसा र बिक्री दर १३४ रूपैयाँ ६१ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ २८ पैसा र बिक्री दर १४७ रूपैयाँ ९४ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ९२ पैसा र बिक्री दर १७३ रूपैयाँ ६९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ८४ पैसा र बिक्री दर ८९ रूपैयाँ ८४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया