काठमाडौँ। आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ।
धरहरा चढ्न प्रतिब्यक्ति २ सय रूपैयाँ शुल्क लाग्ने भएको हो। गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रूपैयाँ तिरेर चढ्नु पर्ने भएको हो।
शिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रूपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ। सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकहरूलाई १ हजार रूपैयाँ तोकिएको छ।
यसका साथै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रूपैयाँ तोकेको छ। यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रूपैयाँ र दुई पांग्रेको लागि १० रूपैयाँ पार्किङ शुल्क तोकिएको छ।
यसअघि धरहरामा काठमाडौँ महानगरपालिकाले निःशुल्क रूपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो। भुकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो। सञ्चालनमा ल्याएको २ महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याउन लागेको हो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar