बैशाख १३,गोरखा- मध्य पहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल आरुघाट सडक खण्ड डाडाबेसीमा आज बिहान करिब ११ बजेको समयमा गोरखा बाट आरुघाट इट्टा बोकेर आउदै गरेको ट्रिपर भिमसेनथापा गापा ३ डाडाबेसी भन्ने ठाउँमा दुर्घटना हुँदा २ जना गम्भीर घाईते र २ जना सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ । गम्भीर घाइतेहरुको काठमाडौं लैजाने तयारी भएको छ । सामान्य घाइतेको आरुघाट स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
13 Baisakh 2081, Bihibar 01:07 मा प्रकाशित
415