काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ।
विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउदै आइरहेको सिटिजन्स बैंकलाई संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका छन् ।
उक्त समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरी करिब ३०० जना भन्दा बढीको सहभागिता रहेको थियो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिङ्ग सेवा सुविधा ग्राहकहरूमाझ ल्याउनको लागि हौसला मिलेको बताए।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिङ्गका सेवा सुविधाहरूमा थप बल गर्ने प्रतिवद्धता व्यक्त गरे।
द फाइनान्सियल टाइम्सले बार्षिक रूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र सोही अनुसार वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ।
यस अवार्डबाट सम्मानित हुने बैंकहरूको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ। सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
भौतिक कार्ड बिना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट करिव १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar