काठमाडौँ। हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विधुत चुहावट एक प्रतिशतमा झरेको छ।
विधुत चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विधुत मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विधुत चुहावट घटेको हो।
हेटौँडा क्षेत्रमा गत आ.व. २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विधुत चुहावट हुँदै आएकोमा आ.व.२०८०/८१ मा विधुत चुहावट एक प्रतशतमा झरेको विधुत प्राधिकरण वितरण केन्द्र हेटौँडाले जनाएको छ।
आ.व. २०८०/८१ मा विधुत चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रू दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ। यस्तै लामो समयदेखि विधुत महसुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विधुत लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विधुत जडान गराएको र त्यसबाट रू पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्राधिकणले जनाएको छ।
विधुत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विधुत लाइन काट्ने अभियान चलाएको प्राधिकरणले जनाएको छ। अभियान सुरू भएपछि महसुल सङ्कलनमा सुधार भएको छ।
आ.व. २०८०/८१ म सो कार्यालयले रू दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार पाँच सय २३ मूल्य बराबरको विधुत बिक्री हुँदा रू दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिनुभयो। उक्त कार्यालयमा ७७ हजार सात सय ६० ग्राहक छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar