दरबारमार्ग र ठमेल चौबिसै घण्टा खुलाउने तयारी ढिलोमा नयाँ वर्ष देखि खुल्ने

चैत ७, काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ । “आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सिएफ एन खबर संग भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।”

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया