काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ४ पैसा र बिक्री दर १३४ रूपैयाँ ६४ पैसा रहेको छ। युरोपियन यूरो एकको खरिद दर १४७ रूपैयाँ ९६ पैसा र बिक्री दर १४८ रूपैयाँ ६२ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७५ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रूपैयाँ २२ पैसा र बिक्री दर ८९ रूपैयाँ ६२ पैसा रहेको छ।
क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ८५ पैसा र बिक्री दर ९९ रूपैयाँ २९ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ५४ र बिक्री दर १०३ रूपैयाँ रहेको छ।
चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८३ पैसा र बिक्री दर १८ रूपैयाँ ९२ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७७ पैसा र बिक्री दर ३६ रूपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar