सुन-चाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौँ।  आज (आइतबार) सुन–चाँदी दुवैको भाउ घटेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले घटेर १ लाख ४९ हजार ७०० रूपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ५० हजार १०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, आइतबार चाँदीको भाउ पनि तोलामा २५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलाको १८ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया