आज कुन देशको मुद्राको सटही दर कति? यस्तो छ विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २ पैसा र बिक्री दर १३४ रूपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ ५८ पैसा र बिक्री दर १४८ रूपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ३४ पैसा र बिक्री दर १७३ रूपैयाँ ११ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ८६ पैसा र बिक्री दर ८९ रूपैयाँ  २६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया