काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १४० रूपैयाँ ४६ पैसा र बिक्री दर १४१ रूपैयाँ ८ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ९६ र बिक्री दर १६९ रूपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५० रूपैयाँ ८३ पैसा र बिक्री दर १५१ रूपैयाँ ५० पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६५ पैसा र बिक्री दर ८८ रूपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ४३ पैसा र बिक्री दर ९६ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १३ पैसा र बिक्री दर १०० रूपैयाँ ५७ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७१ पैसा र बिक्री दर ८ रूपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६१ पैसा र बिक्री दर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९७ पैसा र बिक्री दर ३७ रूपैयाँ १३ पैसा कायम भएको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ७१ पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ १८ पैसा र बिक्री दर ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६० पैसा र बिक्री दर ९ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar